लिस्बन।
हिजो मात्रै पोर्चुगललाई कोरोना बिरुद्धको लडाई र उपचारमा सहयोग गर्न आएको सैन्य चिकित्सकहरुको टोलीले कोरोनाका बिरामीहरुलाई उपचारका लागि जर्मनी लैजान ‘ हवाई अस्पताल’ तयारी अवस्थामा राखेको छ। जर्मनीको सैन्य चिकित्सक टोलीले पोर्चुगलमा आएर यहाको स्वास्थ्य सेवामा कसरि सहयोग गर्न सकिन्छ भनेर अध्ययन गरेका थिए।
उक्त ‘हवाई अस्पताल’मा कोरोनाका आइसियुमा उपचार गर्नुपर्ने बिरामीलाई मात्रै लगिनेछ। जर्मनी युरोपमै सबैभन्दा बढी आइसीयु सेवा भएको देश हो। त्यहाको स्वास्थ्य सेवा युरोपमै सबैभन्दा बलियो मानिन्छ। युरोपमा कोरोनाको पहिलो र दोश्रो छालमा जर्मनीले फ्रान्स, स्पेन, बेल्जियमर इटाली आदि देशका बिरामी यसरि नै लगेर उपचार सहयोग गरेको थियो।
उक्त ‘हवाई अस्पताल ‘ बाहिरबाट हेर्दा सामान्य सैन्य बिमान जस्तो देखिएतापनि त्यस बिमानभिर ठुला ठुला एम्बुलेन्स नै बोक्न सकिने, सिकिस्त अवस्थाका ४० जना र आइसियुमा १६ जनाको एकै पटक उपचार गर्न सकिने व्यवस्था छ।
यी हवाई अस्पताल लिस्बनमा बढी चाप भएका अस्पतालबाट सिकिस्त बिरामी जर्मनी लगेर उपचार गर्न प्रयोग गरिनेछ। त्यस्तै पोर्चुगलभित्रै पनि बढी चाप भएका क्षेत्रबाट कम चाप भएका क्षेत्रमा समेत बिरामी ओसारपोसार गर्न प्रयोग गर्न सकिनेछ।