लिस्बन।
पोर्चुगलको ग्रान्दोलामा कोरोना संक्रमित भएर क्वारेण्टिनमा बस्नुपर्ने एक व्यक्ति खुलेयाम घुमफिर गरेपछि पक्राउ परेका छन्।
कोरोना संक्रमित उनि घरमा भए नभएको चेकजाँच गर्न जिएनआर प्रहरी उनको घरमा पुग्दा नभेटेपछि उनको प्रहरीले खोजी गरेको थियो।
प्रहरीले ति व्यक्तिलाई घुमफिर गरेको भेटेपछि उनलाई पक्राउ गरको छ।
प्रहरीले उनको व्यक्तिगत बिवरण खुलाएको छैन तर उनि ६० बर्षीय उमेरका रहेको बताएको छ।
उनलाई संकटकाल र लकडाउन कानुन उल्लङ्घनको अपराधमा ग्रान्दोला न्यायिक अदालतमा उपस्थित गराईने प्रहरीले जनाएको छ।
पछिल्लो समय पोर्चुगलमा कोरोनाको संक्रमण नियमित बढेसंगै प्रहरीले संक्रमितहरुको घरमा छड्के चेकजाँच गर्न शुरु गरेको छ।
पोर्चुगलमा कोरोनाका कारण हालसम्म १२ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् भने ७ लाख ११ हजार ८१ जना संक्रमित भएका छन्।