पोर्चुगलमा मृतकहरुको अन्त्यष्टी गर्न दैनिक १३ लाख युरो खर्च

लिस्बन।

पोर्तुगाली राज्य र परिवारहरूले मृतकहरुलाई गाड्न दैनिक औषत १३ लाख युरो खर्च गरिरहेका छन्।

प्रत्येक अन्त्येष्टि औषतमा ४१०० खर्च हुने गर्दछ जसमा अन्त्यष्टि समारोहहरू, कफिन, ढुंगा, मैनबत्तीहरू र फूलहरू आदि पर्दछन। अन्त्यष्टिका लागि लाइसेन्स, फ्युनारल सेवा आदि खर्च पनि यसैभित्र पर्दछन।

पोर्तुगालीले चिहानहरूको सुशोभनमा मात्रै ६ करोड युरो खर्च गरेका छन्।

पछिल्लो सरकारी तथ्यांक अनुसार सन् २०१८ मात्रै १ लाख १३ हजार मानिसहरुको मृत्यु भएको छ। मृतकको यो संख्या दैनिक ३१० जना हुन आउछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार