पोर्तुगाली नागरिकको लक्जम्बर्ग छुरा प्रहार गरि हत्या !

लिस्बन।

एक पोर्तुगाली नागरिकको लक्जम्बर्ग छुरा प्रहार गरि हत्या भएको छ।

जोर्नल दो लक्जम्बर्गका अनुसार एक १८ बर्षीय पोर्तुगाली नागरिकको हत्या बोन्नेवोइए जिल्लामा भएको हो। हत्या गरिएका पोर्तुगाली नागरिकले बोन्नेवोइए टेक्निकल हाइस्कुलमा अध्ययन गरेका थिए।

हत्याको अभियोगमा १५ र १७ बर्षका दुई जना युवा पक्राउ परेका छन्।

हत्या गर्ने दुवै अभियुक्तहरु १८ बर्षमुनिका भएकोले उनीहरुको व्यक्तिगत बिवरण सार्वजनिक गरिएको छैन।

दुवै अभियुक्तहरु हत्या अभियोगमा सुधार केन्द्रमा राखिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार