पोर्चुगल: लकडाउनमा बर्बक्यु पार्टी, रक्सी मिसावट गरेको बहानामा आफ्नै साथीको छात्तिमा छुरा प्रहार गरि हत्या !

लिस्बन।

पोर्चुगलको कल्दास दा रैन्हामा एक व्यक्तिको छुरा प्रहार गरि हत्या भएको छ।

लकडाउनको समयमा भएको एक बर्बक्यु पार्टीमा रक्सीमा मिसावट गरेको बहानामा पार्टीमा भनाभन भयो। झगडा भनाभनमा मात्रै रोकिएन, उक्त झगडामा भनाभन गरिरहेका एकले अर्कालाई छुरा प्रहार गरे।

आइतवार राति भएको उक्त घटनामा मृतकलाई तिन पटकसम्म छुरा रोपिएको छ।

हातमा एक र छात्तिमा २ पटक छुरा रोपिएका उनि आफ्नो ज्यान बचाउन पार्टीबाट भागे तर सडकमै ढल्नपुगे। उद्धारको लागि हल्ला गर्दा छिमेकीले सुनेर प्रहरीलाई खबर गरेका थिए।

सडक छेउमा ढलेका उनलाई उपचारका लागि अस्पताल लगियो, तर अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भयो।

मृतक ३९ बर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ। छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

#सांकेतिक फोटो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार