लिस्बन।
इमर्जेन्सी एम्बुलेन्स सर्भिस इनेम पोर्तोका निर्देशक एन्तोनियो बर्बोसाले आफ्ना चिनजानका मान्छेलाई कोरोना बिरुद्धको कोभिड खोप लगाएको आरोपमा जागिर गएको छ।
चिनजानकै आधारमा पोर्तोको एक बेकरीमा काम गर्ने ११ जनालाई उनले भ्याक्सिन लगाउन सिफारिस गरेको आरोप छ।
तर उनले चिनजानको आधारमा खोपको दुरुपयोग नगरेको र खोलिसकिएका भ्याक्सिन खराब हुनबाट बचाउन सदुपयोग मात्रै गरेको जिकिर गरेका छन्।
कोरोना बिरुद्धको भ्याक्सिन दुरुपयोग गरेको आरोप लागेपछि उनले जागिरबाट राजिनामा दिएका छन्।
प्रधानमन्त्री एन्तोनियो कोस्ताले सरकारले बनाएको मापदण्ड अनुसार मात्रै भ्याक्सिनको वितरण गर्न र यसको दुरुपयोग कसैले पनि नगर्न निर्देशन दिएका छन्।