लिस्बन।
संकटकाल र लकडाउनमा बन्द गर्न नमान्ने लिस्बनको एक रेस्टुरेन्टलाई २० हजार युरो जरिवाना हुनसक्ने भएको छ।
लिस्बनको सान्ता क्याथिरिनामा अवस्थित लापो रेस्टुरेन्टका मालिकले जनवरी १४ मा लागु गरिएको संकटकालमा व्यवसाय बन्द गर्न मानेनन्। उनले आफ्नो रेस्टुरेन्टको ढोका ग्राहकहरुका लागि खुल्लै राखे।
संकटकाल र लकडाउन कानुनको उल्लङ्घन गरेको अपराधमा उक्त रेस्टुरेन्टको मालिकलाई प्रहरीले पत्राचार गरेको छ भने उक्त रेस्टुरेन्ट बन्द गरिएको छ।
संकटकाल र लकडाउन कानुनको उल्लङ्घन अपराधमा उनलाई अदालतमा समेत उपस्थित गराईनेछ।
पोर्चुगलमा संकटकाल र लकडाउन कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तिमा २०० देखि १००० युरो र व्यवसायको हकमा कम्तिमा २००० युरो देखि २०,००० युरोसम्म जरिवाना हुने कडा कानुन छ।