सेफको टेलिफोन सेवा पुनः सुचारु, २२ भाषामा कुराकानी गर्न सकिने !

लिस्बन।

सेफले कोरोनाका कारण कर्मचारीको स्वास्थ्य जोखिम उल्लेख गर्दै बन्द गरेको टेलिफोन सेवा पुनः सुचारु गरेको छ। सेफले सो सेवा हिजो सोमबारबाट फेरी संचालनमा ल्याएको हो।

सेफको टेलिफोन सेवा जानकारी र भिषा, रेसिडेन्सी नबिकरण पारिवारिक पुनर्मिलन आदिका लागि प्रयोग गर्न सकिनेछ। यो सेवा कार्यालय कार्यदीनमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म १२ घण्टा उपलब्ध हुने सेफले जनाएको छ।

सेवाग्राहीहरुले आफुलाई सजिलो लाग्ने २२ भाषामा नै सेफका अधिकारिहरुसंग कुराकानी गर्न सक्नेछन। नेपाली भाषीहरुले नेपाली भाषामा नै निर्धक्क भएर आफ्ना जिज्ञासाहरु सोध्न सक्नेछन।

सेफले ग्राहक सेवा केन्द्रका यी दुई टेलिफोन नम्बरहरु 808202653 ल्याण्डलाइन फोनबाट र 808962690 मोबाइलबाट सम्पर्क गर्न सकिने जनाएको छ।

सेफमा कुराकानी गर्न सकिने भाषाहरु :

Portuguese, German, Amharic, Arabic, Kazakh, Cape Verde Creole, Creole of São Tomé Prince, Spanish, French, Georgian, Hindi, Hungarian, English, Nepali, Persian, Romanian, Russian, Tiger, Turkish, Ukrainian and Uzbek.

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार