लिस्बन।
जिएनआर प्रहरीले सेतुवालमा २२ हजार युरो मुल्य बराबरको कर छली गरिएको चुरोट बरामद गरेको छ।
संकटकालमा लकडाउन अनुगमनमा हिडेको जिएनआर प्रहरीको टोलीले दुई गाडीमा एक लाख भन्दा बढी चुरोट बरामद गरेको हो।
आयकर छाप नभएको उक्त चुरोट कर छली गरि पोर्चुगल ल्याईएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त घटनामा तिन जनालाई पक्राउ गरि मुद्धा चलाएको छ।
करछलीबाट सरकारलाई कम्तिमा १८ हजार युरो क्षति भएको पर्हरिको ठहर छ।
पक्राउ परेका तिनै जनाबिरुद्दा सेतुवालको न्यायिक अदालतमा मुद्धा दायर भएको छ।