प्रवासबाट साहित्यकार सीता बराल लेख्नुहुन्छ, ” अबको आन्दोलन संयुक्त हिंसा विरुद्धको हुनुपर्छ “

– सीता बराल

मेरो देशमा
महिला हिंसा विरुद्ध को आन्दोलनमा
घरघर बाट आमा दिदिबहिनी हरु निस्केको दृश्य
म पर-देश बाट हेरिरहेकी छु,
पिडाले छट्पटाइरहेकी छु,
मन भारी हुन्छ
अनेकौ सवाल जवाफका
ज्वारभाटाहरु उर्लिरहन्छन
शान्त हुन कोसिस गर्छु सक्तिन
किनकि म दुखमा छु/ पिडामा छु ।

स्कुल गयकी छोरी
बाटोमा बलात्कृत भै हत्या हुदा
शासकहरु टुलुटुलु हेरिरहन्छन
उनकै आमा दिदिबहिनी आन्दोलनमा
हिडिरहन्छन ।
स्वर सुकीसक्यो, पाइलाहरु थाकेसके
तर, अझै उनिहरु आन्दोलनमा छन
त्यो देखेर म पिडामा छु ।।

ए ! पुरुष हरु हो,
अब त अति नै भएन र ?
तिमिहरुले लगाउने सेतो कमीजमा
बलत्कारी रुपी कालो दाग लागेको छ
तिम्रा चेलीहरुको बिश्वास गुमीसकेको छ।
त्यसैले
कमीजमा लगायको दाग मेट्न
चेलीहरुको बिश्वास जित्न
अनि
बलत्कारी सोच निर्मुल पार्न
कर्तब्यनिस्ठ बा’हरु
संरक्षक दाइ’हरु र
माया गर्ने भाइ’हरु
सबै जाग्नुपर्छ
घरघरबाट निस्कनु पर्छ
अबको आन्दोलन
संयुक्त हिंसा विरुद्धको हुनुपर्छ ।

( साहित्यकार सीता बराल नेपाली नारी समाज पोर्चुगलकी संस्थापक अध्यक्ष तथा महिला अधिकारकर्मी हुन्। )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार