प्रवासी नेपाली एकता मंच पोर्चुगलका नेता थापा एनआरएनए पोर्चुगलको कार्यसमिति सदस्यमा मनोनित !

लिस्बन ।

प्रवासी नेपाली एकता मंच पोर्चुगलका नेता राजकुमार थापालाई गैर आवासीय नेपाली संघ पोर्चुगलले कार्यसमिति सदस्यमा मनोनित गरेको छ।

संघका अध्यक्ष तिलक गैरले प्रवासी नेपाली एकता मंचका नेता थापालाई २२ जनवरी २०२१ मा संघको सदस्यमा मनोनित गरेका हुन्।

नेता थापालाई कार्यसमिति सदस्यमा मनोनित गरेको खबर संघले अहिलेसम्म सार्वजनिक गरेको छैन।

थापा नेपाल प्रेस संगठन पोर्चुगलका संयोजक र प्रवासी नेपाली एकता मंच पोर्चुगलका सचिवालय सदस्य समेत हुन्।

थापा पोर्चुगलबाट संचालित अनलाइन युरोप नेपाली खबरका संस्थापक र प्रधान सम्पादक पनि हुन्।

फोटो श्रोत : नेता थापाको फेसबुकपेज

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार