लिस्बन।
पोर्चुगलमा कडा लकडाउनका कारण नयाँ संक्रमित र मृत्युदरमा निरन्तर कमी आएको छ।
शनिबार मात्रै १ हजार ५७० जना संक्रमित हुदा ५ हजार ५० जना कोरोनामुक्त भएका छन्।
आज मात्रै कोरोनाक कारण ७६ जनाले ज्यान गुमाएका छन्। यो संगै अहिलेसम्म ज्यान गुमाउनेहरुको संख्या १५ हजार ८९७ पुगेको छ।
कोरोना संक्रमितहरुको संख्यामा कमी आएसंगै अस्पतालमा भर्ना हुने बिरामीको गिरावट आएको छ। संक्रमितहरुमध्ये ३ हजार २८४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। अस्पताल भर्ना भएका बिरामीको यो संख्या अघिल्लो दिनको तुलनामा ३०० ले कमी हो।
त्यस्तै आइसियुमा उपचार गराईरहेका बिरामीको संख्यामा पनि कमी आएको छ। आइसीयुमा ६५६ जनाको उपचार भईरहेको छ। यो संख्या अघिल्लो दिनको तुलनामा १३ ले कमी हो।
पोर्चुगलमा कोरोनाका सक्रिय बिरामीहरुको संख्यामा पनि निरन्तर कमी आउदै गएको छ। आजको तथ्याक अनुससार पोर्चुगलमा कोरोनाका सक्रिय बिरामीको संख्या ८५ हजार ५२६ रहेको छ। यो संख्या अघिल्लो दिनको तुलनामा ३ हजार ५५६ ले कमी हो।