हावाहुरीका कारण रेलको लिगमा रुख खस्दा लिस्बन कस्काइस रेलसेवा अवरुद्ध !

लिस्बन।

पोर्चुगलमा हावाहुरीका कारण रेलको लिगमा रुख खस्दा लिस्बन -कस्काइस रेल सेवा अवरुद्द भएको छ।

आज दिउसो हुरिपानीले करिब १२:४५ बजेतिर साओ पेद्रो स्टोरील र कस्काइसको बिचमा रेल लिगमा रुख खसेपछि रेल सेवा अवरुद्ध भएको हो।

उक्त स्थानमा नागरिक सुरक्षा अधिकारीहरुका साथमा प्रहरी, फायर फाइटर र पूर्वाधार अधिकारिहरु उपस्थित छन् ।

अहिले रुख हटाउने कार्य भईरहेको छ तर बिजुलीका तारहरु पनि चुडिएकोले बिधुत अवरुद्ध हुदा रेल सेवा सुचारु हुन सकेको छैन।

सरकारले हावाहुरीबाट सुरक्षित रहन नागरिकहरुलाई अपिल गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार