युरोपमा अपराध गरेर पोर्चुगल पुगेका ३ जना सेफद्वारा पक्राउ !

लिस्बन।

युरोपका अन्य देशमा अपराध गरेर भागेर पोर्चुगल पुगेका ३ जनलाई सेफले पक्राउ गरेको छ।

२४ घण्टाभित्र उनीहरुलाई सेफले पक्राउ गरेको हो। पक्राउ परेका तिनै जनालाई युरोपका अन्य देशमा अपराध अभियोगमा अदालतले पक्राउ आदेश दिएको थियो।

सेफको सूचना संयन्त्रमा उनीहरुको डाटा इन्ट्री गर्नेबित्तिक्कै सेफले उनीहरुबिरुद्ध पक्राउ पुर्जी भएको खबर पायो र उनीहरुलाई पक्राउ गरियो।

युरोपियन युनियनभित्रका देशहरुले अपराध, सुरक्षा र बिशेष बिषयहरुमा डाटा साटफेर वा शेयरिङ् गर्दछन। हिजोआज युनियनको एक देशमा अपराध गरेर अर्को देशमा लुक्न सजिलो छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार