लिस्बन।
पोर्चुगलको संसदमा पिएसपी प्रहरी र जीएनआर सैनिकको सिमा सुरक्षा कार्य बारेमा झुटो बोलेको भन्दै आन्तरिक मामिला मन्त्री एदुअर्दो कब्रिताको राजिनामा माग गरिएको छ।
सेफ निरीक्षक युनियनले आन्तरिक मामिलामन्त्री कब्रिताले संसदमा झुटो बोलेको भन्दै राजिनामा माग गरेको हो।
आन्तरिक मामिलामन्त्री कब्रिताले बुधबार संसदमा जीएनआर र पीएसपी प्रहरीको सिमा सुरक्षा कार्यको बारेमा ब्रिफिंङ् गर्दा झुटो बक्तब्य दिएका थिए।
सेफको छवि धमिल्याउन आन्तरिक मामिलामन्त्री कब्रिताले झुटो बोलेकोले तत्काल मन्त्रिपरिषदबाट बर्खास्त गर्न सेफ निरीक्षक युनियनले माग गरेको छ।