लिस्बन।
पोर्चुगलमा ८ लाख ३८ हजार डोज कोरोना भ्याक्सिन लगाईसकिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पोर्चुगलमा कोरोना बिरुद्धको भ्याक्सिन डिसेम्बरमा प्रयोग गरिएको थियो।
त्यसयताको दुई महिनाको समयमा ५ लाख ७४ हजार ६२ भ्याक्सिन पहिलो डोज र २ लाख ६३ हजार ८२५ दोश्रो डोजको रुपमा लगाईएको सरकारले शनिबार एक पत्रकार सम्मेलनमा जानकारी दियो।
हालसम्म १ लाख ११ हजार ५०५ जना स्वास्थ्यकर्मीलाई पहिलो र दोश्रो डोज गरि १ लाख ९९ हजार ८०४ भ्याक्सिन प्रयोग गरिएको छ।
पोर्चुगलले शनिबारसम्ममा १० लाख ३४ हजार ९७० डोज भ्याक्सिन प्राप्त गरेको छ।