लिस्बन।
पोर्चुगलले कोरोनाको खोप र परीक्षणको प्रमाणको आधारमा मे महिनाको शुरुमा सीमा र पर्यटन खोल्न सक्ने अपेक्षा गरेको पर्यटन राज्य सचिव रीता मार्क्सले बताएकी छिन्।
“अहिलेको परिस्थितिमा अनावश्यक यात्रा प्रतिबन्धित हुनु आवश्यक छ, तर हामी विश्वास गर्दछौं कि पोर्तुगलले चाँडै नै प्रतिबन्धित यात्राको अनुमति दिनेछ। खोप लगाएको व्यक्तिलाई मात्र होइन, प्रतिरक्षा भएका वा कोरोनाको नकारात्मक जाँच गर्ने व्यक्तिहरूलाई यात्राको अनुमति हुनेछ । ” उनले भनिन् ।
पर्यटन राज्य सचिव रीता मार्क्सले पोर्चुगल सरकारले सकेसम्म छिटो र सुरक्षित तरिकाले पर्यटन पुनः खोल्ने काम गरिरहेको बिबिसीलाई बताएकी हुन् ।