लिस्बन।
पोर्चुगलमा अर्को ६ हप्तामा कोरोना बिरुद्धको १५ लाख खोप दिइने जानकारी सरकारले दिएको छ।
यो संगै अप्रिल महिनाको मध्यसम्ममा पोर्चुगलमा कोरोना बिरुद्धको २५ लाख डोज दिइनेछ।
सरकारले समरको अन्त्यसम्ममा कुल जनसंख्याको सत्तरी प्रतिशतलाई कोरोना बिरुद्धको खोप लगाईसक्ने लक्ष्य लिएको छ।
सरकारको यो लक्ष्य अनुसार ७० लाख नागरिकले समरको अन्त्यसम्म खोप लगाइसक्नेछन्।