नेपाली महिला समाज पोर्चुगलद्वारा निशुल्क भाषा कक्षा शुरु , तपाई पनि पढ्ने कि ?

लिस्बन।

नेपाली महिला समाज पोर्तुगलले निशुल्क पोर्चुगिज भाषा कक्षा संचालन गरेको छ।

अनलाइन माध्यमबाट पढाईने उक्त भाषा कक्षा रोजगारीको सिलसिलामा पोर्चुगलमा आएका नेपाली चेलीहरुलाई आधारभूत भाषाको ज्ञान दिईने समाजकी अध्यक्ष निर्मला ढकाल खरालले जानकारी दिनुभएको छ।

उक्त कक्षामा आधारभूत पोर्तुगिस भाषासंगै पोर्तुगलमा कसरी काम खोज्ने , सरकारी कार्यालयमा जादा कसरी बोलिचालि गर्ने या कागजातका काम गर्ने,बिरामी पर्दा वा कुनै इमर्जेन्सी पर्दा सम्बन्धित निकायमा कसरी सम्पर्क गर्ने लगायतक़ा अन्य महत्वपूर्ण बिषय हरूका साथै पोर्तुगलमा भाषाको महत्त्व र आवश्यकता बारे सिकाइने समाजकी महासचिव सरिता शर्माले बताउनुभयो। पहिलो चरणमा ५० जना महिला दिदीबहिनी सहभागी गराईने समाजको लक्ष्य छ।

भाषा कक्षा ९ मार्च मंगलबारबाट शुरु भएको छ। भाषा कक्षामा सहभागी हुन चाहनेहरुले समाजका कुनै पनि पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार