युट्युबले ल्यायो नयाँ कर नीति, २४ प्रतिशतसम्म आम्दानी कर काटिने !

न्युयोर्क।

युट्युबले ल्याएको नयाँ कर नीतिले अब युट्युबरको आम्दानी घट्ने भएको छ ।

युट्यबले आगामी जुन महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म युट्युब क्रियटरको हकमा कर काट्ने भएको छ । युट्युबका अनुसार आउँदो जून महिनादेखि अमेरिकाबाहिरका युट्युब क्रियटरको हकमा अमेरिकी कर काट्नुपर्ने भएको छ । नयाँ कर नीतिले युट्युब क्रियटरहरुलाई निरास बनाइदिएको छ।

अमेरिकाको आन्तरिक राजश्व नीतिको परिच्छेद ३ अनुसार अब युट्यबले अमेरिकाभन्दा बाहिरका मनिटाइज्ड क्रियटरबाट कर संकलन गर्नुपर्ने हुन्छ ।

यदि युट्युबले भनेको समयमा करसम्बन्धी जानकारी समयमा बुझाएको खण्डमा अमेरिकाबाट भएको आम्दानीको शून्य देखी ३० प्रतिशतसम्म कर बुझाउनुपर्छ ।

करको दायरा भने देशअनुसार फरक-फरक हुन सक्छ । यदि नेपालको अमेरिकासँग युट्युब लगायतका सेवाको हकमा करसम्बन्धी कुनै सन्धी सम्झौता भएको खण्डमा उक्त सम्झौताअनुसार लाग्नेछ ।

नेपालको हकमा धेरैजसो युट्यबरले आम्दानी गरेको कर नबुझाउने गरेकाले उनीहरुले करसम्बन्धी जानकारी बुझाउन असहज हुने देखिन्छ । त्यो हुँदा धेरैजसो युट्युबरले आफ्नो आम्दानीकै २४ प्रतिशत काटेरमात्रै प्राप्त गर्न सक्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार