सुरेश जोशी, पोर्चुगल।
उज्ज्वल भविष्यको सपना बोकेर एक बर्ष अगाडी पोर्चुगल आएका एक नेपाली युवा ४ महिनाको अस्पतालमा उपचारपछि आज नेपाल फर्कदैछन्।
कास्की जीला पोखरा घर भएका पुष्पराज नेपाली एक बर्ष अगाडी बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका थिए।
पोर्चुगल आएको केही समयमा नै उनि बिरामी भए। उनमा प्यारालाइसिसका साथै अन्य शारीरिक जटिलता देखियो।
करिब चार महिनादेखि उनको कुरी कब्राल अस्पताल लिस्बनमा उपचार भईरहेको थियो। सामान्य रिकभर भएका उनी काम गर्न अस्वस्थ्य भएपछि आज दिउसो नेपाल फर्कदैछन्।
अत्यन्त कमजोर आर्थिक स्थिति भएका उनलाई परिवारको आग्रहमा गैर आवासीय नेपाली संघ पोर्चुगलको पहल, कास्की समाज पोर्चुगल, परियार समाज पोर्चुगल र अन्य मनकारीहरुको आर्थिक सहयोगमा आज दिउसो १: १५ बजे सधैका लागि नेपाल फर्कदैछन् ।
#InUpdate