२५ आब्रिल पुलको पिलरमा मालवाहक जहाज ठोक्कियो !

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनलाई सेतुवालसंग जोड्ने बिश्वप्रसिद्ध र ऐतिहासिक पुल २५ आब्रिलको एक पिलरमा मालवाहक जहाज ठोक्किएको छ।

बुधवार राती उक्त पुलको दक्षिणतर्फको पिलरमा मालवाहक जहाज ठोक्किएको हो।

उक्त दुर्घटना पश्चात् पुलको पिलरमा सामान्य बाहिरी क्षति पुगेको देखिएको थियो।

पुलको संरचनामा के कति क्षति पुग्यो वा हुनसक्ने जोखिमको अनुसन्धान आज बिहिवार पोर्चुगलको पूर्वाधार बिभागले गरेको छ।

पूर्वाधार विभागका अनुसार उक्त दुर्घटनाले पुलको पिलरको बाहिरी भागमा सामान्य क्षति भएको देखिएतापनि यसले पुलको संरचनामा कुनै पनि जोखिम नरहेको जनाएको छ।

दुर्घटना भएको उक्त मालवाहक जाहजको समेत निरीक्षण गरिएको पूर्वाधार विभागले जनाएको छ। दुर्घटना भएको उक्त जहाजलाई सरकारले आफ्नो नियन्त्रण र निगरानीमा राखेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार