लिस्बन।
युरोपेली मुलुक माल्टा हुदै पोर्चुगल पुगेका एक नेपाली एक बर्ष नबित्दै बिरामी भएर नेपाल फर्किएका छन्।
नेपालमा कास्की पोखरा घर भएका ३५ बर्षीय उनी कष्टकर जीवनका कारण डिप्रेशनका शिकार भएका थिए।
उनको पोर्चुगलको पोर्तोको एक अस्पतालमा ८ महिना उपचार गरी आज नेपाल फर्किएका छन्।
उनलाई नेपाल फर्किन एनआरएनए पोर्चुगलले सहजीकरण गरेको हो।
यो पढ्न छुट्यो कि ?
नेपालबाट युरोप आउदा दलालहरुको चंगुल र चिल्ला गफमा फसेर ठुलो महत्वकांक्षा र सपनाहरु देख्ने र युरोपको वास्तविक पीडादायी जीवनमा मेल नखादा धेरै नेपालीहरु पछिल्लो समय डिप्रेशनका शिकार हुनेगरेका छन्।
करिब दुई महिना अगाडी मात्रै एक नेपालीले डिप्रेशनका कारण नेपाल फर्किनु एक दिन अगाडी मात्रै आफु बसेको होटेलको चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरेका थिए।
यो पढ्न छुट्यो कि ?
पोर्चुगलबाट नेपाल फर्किनु एक दिन अघि चार तलाबाट हाम फालेर एक नेपालीले गरे आत्महत्या !