लिस्बन।
कोरोनाको प्रभाव दैनिक जीवन, रोजगारी, व्यवसाय र अर्थतन्त्रमा परेसंगै यसले बैंकिंङ क्षेत्रलाई पनि नराम्रो प्रभाव पारेको छ।
कोरोनाको प्रभावसंगै पोर्चुगलमा अघिल्लो बर्ष सन् २०२० मा मात्रै पाँच ठुला बैंकका १६९ शाखा बन्द भएका छन्।
यो संगै बैंकिंङ क्षेत्रमा कार्यरत १ हजार २२२ जनाले आफ्नो रोजगारी गुमाएका छन्।
सन् २०१९ मा पोर्चुगलमा बैंकहरुका २ हजार ४१३ शाखाहरु थिए। कोरोनाले अर्थतन्त्रमा पारेको असरका कारण सन् २०२० मा १६१ बैंकिंग शाखा बन्द भएर २ हजार २४४ शाखाहरुमा खुम्चियो।
पोर्चुगलका पाँच ठुला बैंकहरु काइसा जेराल दे डिपोजिट ( CGD ) , बिसिपी ( MCP ) , बिपीआई ( BPI ) , स्यानट्याण्डर तोत्ता, नोभो ब्यान्को को सन् २०२० मा सामुहिक घाटा मात्रै २५३.९ मिलियन युरो रहेको तथ्यांक सार्वजनिक भएको छ।