सुनसरी ।
सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको उपचारमा लापरवाही हुन थालेको छ ।
प्रतिष्ठान आउने विरामीहरुको सहज रुपमा उपचार नहुँदा टाढाबाट आएका विरामी मार्कामा परेका छन् ।
प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका विरामीहरुलाई पर्याप्त बेड नहुदा भुईमा राखेर उपचार गर्ने गरीएको छ ।
प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका विरामीहरुलाई चिकित्सकहरुले तत्काल परीक्षण नगर्ने, अति सिकिस्त विरामीहरुलाई आईसियूको व्यबस्था नमिलाएका कारण कतिपयको अकालमा ज्यान जाने गरेको छ ।
आकस्मिक कक्षमा पर्याप्त बेड नभएको र विरामी ओसार पसार गर्ने ह्वील चेयर समेत नभएका कारण विरामीको उपचारमा गंभिर समस्या उत्पन्न भएको स्थानीय दिलकुमार फोम्बोले बताउनुभयो ।
पछिल्लो समयमा प्रतिष्ठानमा राजनीतिक हस्तेक्षप बढेका कारण प्रतिष्ठानको अवस्था दिन प्रतिदिन खस्कँदै गएको गुनासो बढ्दै गएको छ ।