सुरेश जोशी, पोर्चुगल।
लामो समयदेखि ट्राभल र रेमिट्यान्स मार्फत ठगी गर्दै आएका एनआरएनए पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवर संघबाट निलम्बित भए लगत्तै उनि आबद्द जनसम्पर्क समिती पोर्चुगलले पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ ।
जनसम्पर्क समिती पोर्चुगलका कार्यबाहाक सभापति वकिल केसी र सह – महामन्त्री सुनिल ढुंगाना ले सयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गर्दै निज कुँवरलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको जानकारी गराएको छ ।
स्मरण रहोस कुँवर नेपाली कांग्रेश निकट भएकै कारण जनसम्पर्क समिती पोर्चुगलले आफ्नो प्रतिनिधित्व गर्दै एनआरएनए पोर्चुगलको २०१९-२१ कार्यसमितीमा कोषाध्यक्ष बनाउन निकै कसरत गरेको थियो ।
NRNA पोर्चुगल र जनसम्पर्क समिती पोर्चुगलले एकैसाथ निलम्बन गरेको यो पहिलो नजीर हो ।
जनसम्पर्क समिती पोर्चुगलको बिज्ञप्ति:
भोईस अफ नेपालले कुँवर द्वारा संचालित लक्ष्मी ट्राभल्सको ठगि धन्दाको पहिलोपटक १३ मङ्सिर ,२०७७ मा पर्दाफास गर्दै समाचार सम्प्रेषण गरेको थियो र त्यसपछि निरन्तर फलोअप गर्दै आइरहेको छ ।