लिस्बन।
पोर्चुगलबाट संचालित अनालाइन युरोपनेपाली खबरले अझै पनि नेपाली श्रमिकहरुको डेढ लाख युरोभन्दा बढी ठगी गर्ने गैर आवासीय नेपाली संघ पोचुगलका कोषाध्यक्ष बिक्रम जंग कुंवरद्वारा संचालित लक्ष्मी ट्राभल्सको प्रचार गरिरहेको छ।
( माथिको तस्विरमा समय र मिति सहित बिज्ञापन हेर्नुहोस् ! )
यो समाचार तयार पार्दासम्म ८ अप्रिल, २०२१ लिस्बन समय १६:०० बजेसम्म पनि ठगी, दलाली र गुण्डागर्दीलाई पश्रय दिदै आएको अनलाइन युरोनेपाल न्युजले डेढ लाख युरोभन्दा बढी ठगी गर्ने लक्ष्मी ट्राभल्सको बिज्ञापन गर्न छोडेको छैन।
आज भन्दा करिब ६ महिना अगाडी १३ मंसिर २०७७ मा भोइस अफ नेपालले “एनआरएनए पोर्चुगलका कोषाध्यक्षको ठगी काम : नेपालमा कोरोना बिरामीको उपचारमा पठाएको रकम नै पारिदिए झ्वाम् ! “ शिर्षकमा समाचार सम्प्रेषण गरेपछि भोइस अफ नेपाल माथि नै धावा दिदै र ठगीमा संलग्न निज कुँवरको बचाउ गर्दै ” पोर्चुगलका सफल ट्राभल्स व्यवसायी कुँवरद्वारा झुट्टा र पुर्वाग्रही समाचारको गरे सप्रमाण खण्डन” भन्ने शिर्षकमा काउन्टर दिदै उदय शर्माको बाइलाइनमा युरोपनेपाली खबरले समाचार छाप्यो तर पिडितको पक्षमा एक शब्द पनि खर्च गरेन ।
त्यस्तै ठगीमा संलग्न निज कुँवरको बचाउ गर्दै हुबहु सोही शिर्षकमा समाचार छाप्ने अर्को अनलाइन ” नमुनानेपाल” ले पनि पोर्चुगलका सफल व्यवसायी कुँवरको चरित्रहत्या गरियो भनेर समाचार मात्रै लेखेन भोइस अफ नेपालको खोज पत्रकारितामाथि नै धावा बोल्यो। ठगीमा संलग्न लक्ष्मी ट्राभल्सको त्यहिसमय देखि नै ब्यानर एड गरिरहेको “नमुना नेपाल ” नामक अनलाइनले आज आएर मात्रै बिज्ञापन हटाएको छ।
अनलाइन पत्रिका चल्ने नै व्यवसायिक बिज्ञापन र बैकल्पिक एड रेभिन्युबाट हो। लक्ष्मी ट्राभल्सको बिज्ञापन गर्दै आएको र पोर्चुगलबाट संचालित अर्को अनलाइन यूरोनेपाल न्युजले भोइस अफ नेपालमा ६ महिना अगाडी १३ मंसिर २०७७ मा प्रकाशित “एनआरएनए पोर्चुगलका कोषाध्यक्षको ठगी काम : नेपालमा कोरोना बिरामीको उपचारमा पठाएको रकम नै पारिदिए झ्वाम् ! “ शिर्षकको समाचार आएकै दिनदेखि बिज्ञापन बन्द गरेको थियो।
ठगी, दलाली र गुण्डागर्दीलाई बढावा दिने केही अनलाइन र संचारकर्मीको सहयोगमा एनआरएन नेता कुँवरले ठगी, दलाली, मानव तस्करी र गुण्डागर्दी गर्दै आईरहेका थिए।