युरोपियन क्रिकेट सिरिजमा पोर्चुगलको ‘गोर्खा ११’ नेपाली क्रिकेट टिमको खेल आज, तपाई पनि लाइभ हेर्ने कि ?

लिस्बन।

युरोपियन क्रिकेट लिगको टि १० सिरिजमा ‘गोर्खा ११’ नेपाली क्रिकेट टिमले प्रतिस्पर्धा गरिरहेको छ।

गोर्खा ११ क्रिकेट क्लब पोर्चुगलमा सन् २०१६ मा स्थापित क्रिकेट क्लब हो। यो क्लबले युरोपमा धेरै अन्तराष्ट्रिय खेलहरु खेलिसकेको छ।

युरोपियन क्रिकेट लिगको टि १० सिरिजमा गोर्खा ११ ले अहिलेसम्म ४ खेल खेलिसकेको छ। खेलिसकेका पछिल्ला ४ खेलहरुमा क्लबले ३ खेलमा बिजय हासिल गरेको छ भने एउटा खेलमा पराजय भएको छ।

गोर्खा ११ क्लबको खेलाडीहरुमा मधुकर थापा, इमरान खान, मो. सिराजुल्लाह निपो, मन्जित सिंह, राहुल भारद्वाज, फैज़ल रहिम, अजहर अन्दानी , अर्सलन नसीम, सुमन घिमिरे, श्रीपाल मत्ता, अब्सर आलम, सर्वेश कुमार रहेका छन्। क्लबका क्याप्टेन मधुकर थापा हुन्।पोर्चुगल र युरोपमा नेपाली क्रिकेट खेलाडीहरु प्रसस्त नभएकोले गोर्खा ११ क्रिकेट क्लबमा दक्षिण एसियाली मुलका खेलाडीहरु राख्नुपरेको क्याप्टेन थापाले भोइस अफ नेपाललाई बताए।

https://fb.watch/4PkEqRIGcj/

आजको खेलको लाइभ भिडियो तलको युट्युब लिंकका युरोपियन समय १७:१५ बाट लाइभ हेर्न सकिनेछ !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार