काठमाडौं ।
नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी हुन् ।
गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग प्रेम विवाह गरेकी हुन् । प्रेममा रहेको केही बर्षपछि उनीहरुले विवाह गरेका थिए । विवाहपछि उनी श्रीमानसँग बेल्जियममा बस्दै आएकी छिन् ।
पन्तले आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राख्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । नायिका प्रियंका कार्की, ऋचा शर्मापछि गरिमाले पनि आफू आमा बन्न लागेको खुशी फ्यानमाझ साटेकी हुन् ।