पोर्चुगलमा सोमवार’बाट सम्पिङ् सेन्टरहरु खुल्ने !

लिस्बन।

पोर्चुगलमा सोमवार’बाट सपिङ् सेन्टरहरु खुल्ने भएका छन्।

सोमवारबाट सपिङ् सेन्टरका साथै लकडाउनका कारण बन्द हुनपुगेका सबै व्यवसायहरु खुल्न सक्नेछन।

सोमवारबाट सपिङ् सेन्टरका साथै सबै प्रकारका व्यवसायहरु खुलेतापनि उनीहरुले स्वास्थ्य महानिर्देशानालयद्वारा निर्देशित स्वास्थ्य नियमहरुको अनिवार्य पालना गर्नुपर्नेछ।

सरकारले लकडाउनमा ल्याएको खुकुलो नीतिको तेश्रो चरणमा सपिङ् सेन्टरहरु खुला गरिएको हो।

सोमवारदेखि पोर्चुगलभरीका सपिङ् सेन्टरहरु खुला भएतापनि कोरोनाका उच्च जोखिम र अधिक संक्रमणदर भएका सात काउन्टीहरुमा भने यो नियम लागु हुनेछैन।

उच्च जोखिम र अधिक संक्रमणदर भएका सात काउन्टीहरु अलन्द्रॉल, अल्बुफ़ेइरा, बेजा, कार्रेगल दो साल, फ़िगुएइरा दा फोज़ , मरिन्हा ग्रांदे र पेनेलाले वर्तमान संकटकाल कानुनको पालना गर्नुपर्नेछ। यी काउन्टीहरुमा सपिङ् सेन्टर बन्द नै रहनेछन्।

त्यस्तै अति उच्च जोखिम र अति अधिक संक्रमणदर भएका चार काउन्टीहरु मोउरा, ओदेमेइरा, पोर्तिमाओ र रिओ मिओर मा संकटकाल कानुनको अत्यन्तै कडा नियम लागु गरिएको छ , यी चार काउन्टीहरुमा संकटकाल कानुनको पहिलो चरणको नियम लागु छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार