देश द्रोहीहरुलाई भोट बेच्ने भोटरहरुले चुनाबपछि आफुलाई पनि बेच्नको लागि पासपोर्ट बनाए हुन्छ – रबि लामिछाने

न्याय र जन आस्थाको एउटा धरोहरको रुपमा अघि बढ्दै गएको नेपाली टेलिभिजन इतिहास कै सर्वाधिक सफल कार्यक्रमले आज सम्म कति स्टिंग अप्रेसन गरेर सरकार र भ्रष्टाचारीहरुलाई कानुनको फन्दामा पुराएको छ । नेपाली सेना भित्र हुने भ्रष्टाचार प्रकरण , नेपाल प्रहरी भित्र हुने भ्रष्टाचार प्रकरण , सशस्त्र प्रहरी भित्रको भ्रष्टाचार प्रकरण लगायत ठुल ठुला राष्ट्रिय मुद्धाहरु पनि रविले उठाएका छन् ।सिधाकुरा जनतासंग शुरु भए देखि रविको टिमले आफ्नु बशमा भएको र सकेको सहयोग जो कोहीलाई पनि गर्दै आएको बिदिदै छ । भ्रष्टाचार ,घुसखोरी ,तस्कर ,राजनैतिक माफियाले आक्रान्त बनाएको नेपालमा ‘सिधाकुरा जनतासंग’ले आशाको एउटा दियो बाल्न सफल भएको छ कि गर्न चाहने हो भन्ने यो देशमा धेरै कुरा सम्भव छ तर त्यसको लागि जरुरि छ त देशको माया र देश बनाउने दृढता । कुनै समय न्याय नपाए गोर्खा जानु भन्ने उक्ति अब बदलिएको छ र पिडितहरु भन्न थालेका छन् न्याय नपाए रविको सिधाकुरा जनतासंग जानु ।

राष्ट्रको धमिराहरुलाई नाङ्गो बनाउन सिधाकुरा जनतासंगको प्रमुख उद्देश्य हो जसको लागि रविको टिमलाई जस्तो सुकै दवाब आए पनि देश र जनताको खातिर त्यसलाई सामना गर्ने गरेका छन् ।

आजको भागको बिशेषता

एउटा निर्दाेश मानिस राज्यको गल्तीले हाई भोल्टेज करेन्ट भएको तारसंग जुध्यो । विद्युत प्राधिकरणको लापरवाहीको सजाय त्यो निर्दाेश मानिसले पायो ।विच सडकमा करेन्टको झड्काले उ छटपटियो, लड्यो, बच्न खोज्यो, शरिरमा आगो सल्कीसकेको थियो । शरिरका अंगहरु जलेर धुवा निस्कन थाल्यो वोरी परि रहेका मानिसले जसो तसो सास सम्म जोगाईदिए र अस्पताल पु¥याए । यो घटना पोखाराको घटना हो ।

जसको भिडियो त्यतीखेर भाईरल बन्यो र हामीले उक्त विषयको उठान गरेर यि करेन्ट लागेका पीडितका पक्ष्ँमा दरो आवाज उठायौ । यिन्को नाम विषणु बासकोटा हो । जिवन र मृत्युको दोषाधमा यिनले करिव साढे दुई महिना लडे । तर उन्को केही सिप लागेन । अन्त्यत अनाहकमा राज्यको गल्तीको सिकार बने र हिजो शुक्रवार उनी यो संसारबाट विदा भए ।

परिवारमा यति ठुलो विपत्ती आईलाग्योकी त्यसलाई वर्णन गर्न सकिदेन् । त्यस माथि अर्काे ठुलो बोझ स्वरुप अस्पतालको एक करोड १० लाख वरावरको विल परिवारको थाप्लोमा प¥यो । विपत्तीको यो भिमकाय पहाड यो परिवारले कसरी चढ्ला ? त्यसको अन्दाज पनि गर्न सकिदैन् ।रहेन्न यि करेन्ट लागेर ढलेका विष्णु बस्ताकोटी । ईराकमा आत्म हत्या गरेकी चेलीको शव ल्याउन गुहार !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार