पोर्चुगलमा कोरोना संक्रमणका कारण पाँचौ नेपालीको मृत्यु !

सुरेश जोशी , पोर्चुगल।

पोर्चुगलमा कोरोना संक्रमणका कारण पाँचौ नेपालीको मृत्यु भएको छ ।

पोर्चुगलमा कोरोनाकै कारण ज्यान गुमाउने उनी तेश्रो नेपाली महिला र पाँचौ नेपाली हुन्।

बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलको फारोमा बस्दै र काम गर्दै आईरहेकी ३५-४० बर्ष उमेर समुहकी उनलाई कोरोना संक्रमण भएपछि एक स्थानीय अस्पतालमा उपचार भईरहेको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो।

यसअघि कोरोना संक्रमणका कारण पोर्चुगलमा दुई महिला र दुई पुरुष गरी चार जना नेपालीले ज्यान गएको गैर आवासिय नेपाली संघको तथ्यांकमा उल्लेख छ।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयका अनुसार हिजो मात्रै ७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। २२३ जना संक्रमितहरुको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ भने ७१ जना सिकिस्त संक्रमितको आइसीयुमा उपचार भईरहेको छ। हिजो मात्रै ४६९ जना नयाँ संक्रमित थपिएका छन्।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म कोरोनाकै कारण १७ हजार ६ जनाले ज्यान गुमाएका छन्। कुल संक्रमितको संख्या ८ लाक ४१ हजार ८४८ पुगेको छ।

पोर्चुगलमा अहिले २२ हजार १७१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार