आफ्नो बैंक खाता नै नभएका पोर्तुगाली प्रधानमन्त्री एन्टोनियो कोस्ता !

लिस्बन।

पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताको बैंकमा आफ्नो चल्ती खाता नै छैन ।

पोर्चुगलको संबैधानिक अदालतमा आफ्नो आय पेश गर्नुभएपछि प्रधानमन्त्री तथा पिएस पार्टीका महासचिव एन्तोनियो कोस्ताको आफ्नै चल्ती खाता नभएको तथ्य बाहिरएको हो।

संबैधानिक अदालतमा आफ्नो आय पेश गर्नुभएका प्रधानमन्त्री कोस्ताले आफ्नो चल्ती खाता नभएको र आफुले प्रयोग गर्ने चल्ती खाताको आफू तेश्रो होल्डर मात्रै भएको उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री कोस्ताले पेश गर्नुभएको रिपोर्टमा उल्लेखित खाताको पहिलो होल्डर प्रधानमन्त्रीकी आमा मारिया एन्तोनियो पल्ला एण्ड कार्मो हुन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार