लिस्बन।
गैर आवासीय नेपाली संघ पोर्चुगलमा एकपछि अर्कोले राजिनामा दिनेको लर्को लागेको छ।
संघका पदाधिकारीहरु नै कुटपिट, ठगी, मिटर ब्याज लगायतका अपराधमा संलग्न भएको भन्दै सचिव यमेन्द्र घर्तिमगरले आफूलाई लज्जाबोध भएकोले राजिनामा दिनुभएको छ।
आजै मात्रै संघका उपाध्यक्ष अशोक गुरुङले संघको नेतृत्वले ठगी, दलाली र गुण्डागर्दीलाई पश्रय दिएको भन्दै राजिनामा दिनुभएको थियो।
एनआरएन पोर्चुगलको २०१९-२०२१ कार्यकालमा सचिवको पदमा निर्बिरोध निर्वाचित हुनुभएका घर्तिमगर निस्वार्थ रुपमा समाजसेवामा निरन्तर खटिरहने एक सामाजिक अभियन्ता हुन्। कहिल्यै विवादमा नआउने सचिव घर्तिमगरले आफ्नो राजिनामा भन्नुभएको छ , ” समाजिक र पदीय मर्यादालाई समेत कुल्चिएर नेपाली समाजलाई गुण्डागर्दी, दलाली, तस्करी, ठगी, मिटरब्याज, कुटपिट लगायतका अपराधिक क्रियाकलापले आतंकित तुल्याउने कुण्ठित आत्माहरुसंग एउटै समितिमा रहि रहदा आफुले समेत त्यस्ता मानवरुपी दानबहरुको अपराधको कारणले लज्जाबोध गर्नुपर्ने अबस्थालाइ मध्यनजर गरि मेरो पदबाट राजिनामा गरेको छु ।”
यो पढ्न छुट्यो कि ?
संघभित्र गुण्डागर्दी, दलाली, तस्करी, ठगी, मिटरब्याज, कुटपिट लगायतका घटनाले आफुलाई स्वीकार नभएकोले सचिव घर्तिमगरले सार्वजनिक रुपमा राजिनामा दिनुभएको हो।
एनआरएन पोर्चुगलको २०१९-२०२१ कार्यकालमा सचिवको पदमा निर्बिरोध निर्वाचित हुनुभएका घर्तिमगर निस्वार्थ रुपमा समाजसेवामा निरन्तर खटिरहने एक सामाजिक अभियन्ता हुन्। कहिल्यै विवादमा नआउने सचिव घर्तिमगरले आफ्नो राजिनामा भन्नुभएको छ , ” समाजिक र पदीय मर्यादालाई समेत कुल्चिएर नेपाली समाजलाई गुण्डागर्दी, दलाली, तस्करी, ठगी, मिटरब्याज, कुटपिट लगायतका अपराधिक क्रियाकलापले आतंकित तुल्याउने कुण्ठित आत्माहरुसंग एउटै समितिमा रहि रहदा आफुले समेत त्यस्ता मानवरुपी दानबहरुको अपराधको कारणले लज्जाबोध गर्नुपर्ने अबस्थालाइ मध्यनजर गरि मेरो पदबाट राजिनामा गरेको छु ।”
सचिव मगरले नेपालीहरु बीच एकता र सद्भाव बनाएर सबै बर्ग र समुदायलाई एकिकृत गर्दै परदेशी नेपालीहरुविचको साझा संस्थाको रुपमा गैरआवासीय नेपाली संघलाई स्थापित गराउन संस्थामा रहेका सबै इमान्दार पदाधिकारीहरुलाई समेत तत्काल राजिनामा दिन आग्रह गर्दै एनआरएन केन्द्रलाइ पोर्चुगलको राष्ट्रिय परिषदमा सुद्धिकरणको निम्ति आवश्यक पाइला चाल्न समेत अनुरोध गर्नुभएको छ।
यो पढ्न छुट्यो कि ?
संघका सचिव यमेन्द्र घर्तिमगरले सार्वजनिक रुपमा गर्नुभएको राजिनामा जस्ताको तस्तै :
श्रीमान अध्यक्ष ज्यु,
गैरआवासीय नेपाली संघ
पोर्चुगल ।
विषय : बर्तमान कार्यसमितिको सचिब पदबाट राजीनामा दिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा एनआरएन पोर्चुगलको २०१९-२०२१ कार्यकालमा पदाधिकारीको रुपमा निर्बिरोध निर्बाचित भै आफ्नो बरकतले भ्याए सम्म निस्वार्थ रुपमा समाजसेवामा निरन्तर खटी रहेको मलाइ यस कार्यसमितिका केही पदाधिकारीहरुको अनैतिक एबम आपराधिक हर्कतको कारणले लज्जा एबम पिडाबोध भएको छ।
प्रबासमा आइपर्ने जटिलता र अप्ठेराहरुका विच पनि नेपाली समुदायको हितमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने अभिप्रायले प्रेरित हुनु पर्ने सस्थाका पदाधिकारीहरुनै कुटपिट, ठगी, मिटर ब्याज लगायतका अपराध पुर्ण कार्यहरुमा संलग्न भै पुरै पोर्चुगल्को नेपाली डायोस्पोरा लाई नै संसार भर बदनाम गराएको टुलुटुलु हेर्न मेरो आत्माले स्वीकार गर्न सकेन।
आफ्नो समाजिक र पदीय मर्यादालाई समेत कुल्चिएर नेपाली समाजलाई आतंकीत तुल्याउने कुत्सित आत्माहरु संग एउटै समितिमा रहि रहदा आफुले समेत त्यस्ता मानव रुपी दानबहरुको अपराधको कारणले लज्जा बोद गर्नु पर्ने अबस्थालाइ मध्यनजर गरि मेरो पदबाट राजिनामा गरेको छु ।
नेपालीहरु बीच एकता र सद्भाव बनाएर सबै बर्ग र समुदायलाई एकिकृत गर्दै परदेशी नेपालीहरु बीचको साझा संस्थाको रुपमा यस गैरआवासीय नेपाली संघलाई स्थापित गराउन संस्थामा रहेका सबै इमान्दार साथीहरुलाइ समेत तत्काल राजिनामा दिन आग्रह गर्दै एनआरएन केन्द्रलाइ पोर्चुगलको रास्टृय परिषदमा सुद्धिकरणको निम्ति आवश्यक पाइला चाल्न समेत अनुरोध गर्दछु।
धन्यवाद ।
यामेन्द्र कुमार घर्ती
सचिब
गैरआवासीय नेपाली संघ , पोर्चुगल
बोधार्थ:
१) गैर आवाशिय नेपाली संघ, केन्द्रिय समन्वय परिषद
२) एनआरएन पोर्चुगलका पुर्ब आइसिसी सदश्य तथा पुर्ब अध्यक्षज्युहरु