लिस्बन।
पोर्चुगलमा एक नेपाली चेलीको निधन भएको छ।
फोक्सो क्यान्सरबाट पिडित उनको उपचारको क्रममा निधन भएको हो।
बिगत ६ बर्षदेखी पोर्चुगलमा बस्दै आउनुभएकी ४७ बर्षिया सिता राई श्रेष्ठ बिगत डेढ बर्षदेखी क्यान्सरको उपचार गराउदै आउनुभएको थियो ।
उपचारकै क्रममा ३१ मे सोमवारका दिन उनको निधन भएको गैर आवासिय नेपाली संघले जनाएको छ।
श्रेष्ठको निधनले पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ।
स्वर्गीय श्रेष्ठको अन्तिम दाहसस्कार निम्न मिति र स्थानमा हुने भएकोले उपस्थितको लागि संघले अनुरोध गरेको छ :
अन्तिम श्रद्धाञ्जली हुने समय र स्थान :
-Cemiterio de vale Flores, Rua de vale flores -feijo Almada २८१०-३५४
– विहान १०:३० वजे
– जुन ४ तारिक शुक्रवार ।