काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फेला परेको बारेमा जानकार नरहेको बताएको छ।
नेपालस्थित डब्लुएचओको कार्यालयले ट्वीट गर्दै हालसम्म नेपालमा अल्फा, कप्पा र डल्टा भेरियन्टमात्रै देखिएको प्रस्ट पारेको छ। नेपालमा नै नयाँ भेरियन्ट देखिएको भन्ने बारेमा हालसम्म कुनै जानकारी नभएको डब्लुएचओले जनाएको छ।
बेलायती पत्रिका डेली मेलले पोर्चुगलमा कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको दाबी सहित समाचार प्रकाशन गरेको थियो। वैज्ञानिक स्रोतलाई हवाला दिँदै डेली मेलले प्रकाशन गरेको उक्त समाचारलाई बीबीसीलगायत अन्य मिडियाहरुले पनि कभर गरेका थिए। तर, स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले भने नेपालमा भेरियन्ट उत्पत्ती भएको बारेमा आफूहरुसँग कुनै जानकारी नभएको र यस विषयमा बेलायतसँग सूचना मागिएको बताएका छन्।
WHO is not aware of any new variant of SARS-CoV-2 being detected in Nepal. The 3⃣confirmed variants in circulation are: Alpha (B.1.1.7), Delta (B.1.617.2) and Kappa (B.1.617.1). The predominant variant currently in circulation in Nepal is Delta (B.1.617.2).@mohpnep @PandavRajesh
— WHO Nepal (@WHONepal) June 3, 2021