पोर्चुगलबाट बिदा मनाउन नेपाल गएकी एक चेलीको कोरोना संक्रमणले मृत्यु !

लिस्बन।

पोर्चुगलबाट बिदा मनाउन नेपाल गएकी एक चेलीको कोरोना संक्रमणले मृत्यु भएको छ।

पोर्चुगलबाट बिदामा नेपाल गएको अर्को हप्तामै उनको परिवारलाई कोरोना संक्रमण पुष्टी भएको थियो।

२५-३० बर्ष उमेर समुहकी उनि केही बर्षदेखी पोर्चुगलमा बस्दै आएकी थिईन्। पोर्चुगलको आवास अनुमति रेसिडेन्सी कार्ड प्राप्त गरेपछि उनि बिदा मनाउन र परिवारमा भेटघाट गर्न नेपाल गएकी थिईन्।

कोरोना संक्रमण देखिएको दुई सातामा नै उनको उपचारकै क्रममा मृत्यु भएको हो।

उनको परिवारका अन्य सदस्यहरु उपचारकै क्रममा छन्।

( विद्यमान कानुन र बिश्व स्वास्थ्य संगठनको प्रोटोकल बमोजिम मृतकको व्यक्तिगत बिवरण सुरक्षित गरिएको छ । )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार