एमाले र माअाेबादी कार्यकर्ताबीच कुटाकुट, युवासंघका अध्यक्ष गम्भीर घाइते

डाेल्पा । नेकपा एमाले र माअाेबादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट हुँदा एमाले संबद्द युवा संघका अध्यक्ष गम्भिर घाइते भएका छन् । डोल्पाको मुड्केचुला गाँउपालिकाको कालिका गाँउमा एमाले र माअाेबादी कार्यकर्ताबीच भएकाे झडपमा युवा संघ गाउँपालिकाका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका हुन् ।

केन्द्रमा भएको चुनावी तालमेलबाट असन्तुष्ट कार्यकर्ताबीच डोल्पामा यस्ताे कुटाकुट भएको हाे । चुनाव प्रचारमा रहेका एमाले नेताहरुलाई माओवादी केन्द्रका स्थानीय नेता-कार्यकर्ताहरुले चिर्पट प्रहार गरेकाे स्थानीय प्रहरीले जानकारी दिएकाे छ ।

शनिबार बेलुका अखिल क्रान्तीकारीका जिल्ला सदस्य टंक शाही समुहले युवा संघ गाउँ कमिटिका अध्यक्ष रुद्र शाहीमाथि लुकेर आक्रमण गरेको एमालेले दावी गरेकाे छ ।

चुनाव प्रचारको कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा शाहीमाथि आक्रमण भएको एमाले जिल्ला सदस्य लंक रोकायले बताए । उनले माओवादी केन्द्रको योजनामा आक्रमण गरिएको आरोप पनि लगाए ।

प्रचार टोली गाउँबाट गइसकेपछि शााहीमाथि आक्रमण भएको एमालेले बताएको छ । चिर्पट प्रहारबाट गम्भीर घाइते शाहीको कालिका फेमिलि अस्पतालमा उपचार भइरहेको छ । उपचाररत घाइते शाहीकाे अझै हाेस खुलेकाे छैन ।

उनकाे थप उपचारको हेलिकोप्टरबाट नेपालगंज ल्याउने तयारी भइरहेको एमाले डोल्पाले जनाएको छ । घटनामा संलग्न टंक शाहीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार