यी हुन् पोष्ट कोभिड समस्या !

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोष्ट कोभिड समस्याका बारेमा केही जानकारीहरु सार्वजनिक गरेको छ ।

कोभिड–१९ संक्रमणमुक्त भैसकेपछि पनि अलि अलि जिउ गल्ने अथवा थकान भए जस्तो महसुस हुनसक्छ, त्यसमा आत्तिएर अस्पताल गइहाल्नु नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

यद्यपि, मन्त्रालयले केही फरक समस्या देखिएका भने अस्पताल जानु पर्ने मन्त्रालयको सुझाव दिएको छ । ।
मन्त्रालयका अनुसार संक्रमणमुक्त भैसकेपछि पनि कसै–कसैलाई सास फेर्न धेरै गाह्रो, निन्द्रा नलाग्ने, झर्को लाग्ने जस्ता डिप्रेसनका लक्षणहरु देखा पर्छन् ।

त्यसैले थोरै समय हिंड्दा पनि स्वाँ–स्वाँ हुने, धेरै नै थकाइ लाग्ने र धेरै कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने अथवा घट्ने तथा कालो ढुसीका लक्षणहरु देखिन सक्ने मन्त्रालयले जनाएको छ ।

‘यी पोष्ट कोभिड समस्याहरु देखा परेमा भने चिकित्सकसंग सल्लाह गरेर अस्पताल जानुपर्ने हुनसक्छ’, मन्त्रालयले भनेको छ ।

मन्त्रालयलले सबैलाई पोष्ट कोभिडबाट नआत्तिन तथा सतर्क रहन समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार