लिस्बन।
पोर्चुगलमा स्वास्थ्य महानिर्देशनालयले ३७ बर्षभन्दा बढी उमेर समुहको हकमा कोरोना भ्याक्सिन आबेदन खुल्ला गरेको छ।
स्वास्थ्य महानिर्देशनालयले आजदेखि सो उमेर समुहका लागि आबेदन खुला गरेको हो।
३७ बर्ष बढी उमेर समुहका नागरिकहरुले स्वास्थ्य महानिर्देशनालयको वेवसाइटमा आफ्नो तथ्याक भरेर खोपको लागि आबेदन दिन सक्नेछन।
४० बर्ष बढी उमेर समुहका लागि भ्याक्सिनको आबेदन खुलेको एक साता नबित्दै स्वास्थ्य महानिर्देशनालय ३७ बर्ष उमेर समुहका लागि भ्याक्सिन आबेदन खुल्ला गरेको हो।
उसका अनुसार २०-२९ बर्ष उमेर समुहका लागि मध्य जुलाई महिनामा भ्याक्सिनको आबेदन खुल्नेछ।
३७ बर्ष बढी उमेर समुहकाहरुले भ्याक्सिन आबेदन दिन https://covid19.min-saude.pt/pedido-de-agendamento/ मा क्लिक गर्नुहोस्।