लिस्बन।
पोर्चुगलमा जुलाईको तेश्रो साताबाट २० बर्ष बढी उमेर समुहकालाई कोरोना भ्याक्सिन लगाईने स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
सरकारले २१ जुन सोमवारबाट ३५ बर्ष माथिकाहरुले कोरोना भ्याक्सिनको लागि आबेदन दिनसक्ने बताएतापनि स्वास्थ्य महानिर्देशनालयको वेव साइटमा ३७ बर्ष उमेर समुहमाथिकाले मात्रै भ्याक्सिनको लागि आबेदन खुल्ला गरिएको छ।
सरकारले अगस्तको पहिलो सातासम्म कूल जनसंख्याको ७० प्रतिशतलाई कम्तिमा कोरोना भ्याक्सिनको पहिलो डोज लगाईसक्ने लक्ष्य लिएको छ।
तपाई ३७ बर्ष वा बढी उमेर समुहमा पर्नुहुन्छ भने , स्वास्थ्य मन्त्रालयको वेव साइट https://covid19.min-saude.pt/pedido-de-agendamento/ मा क्लिक गरेर भ्याक्सिनको डेट लिन सक्नुहुन्छ।