मेलम्ची बाढीपीडितलाई नेपाली नारी समाज पाेर्चुगलकाे सहयाेग, मेडिकल टिम सहित स्वास्थ्य सामाग्री हस्तान्तरण !

– पुनम गौतम

नेपाली नारी समाज पाेर्तुगलले मेलम्चीमा आएकाे विनाशकारी बाढी पीडित महिलाहरूलाई सहयाेग गरेकाे छ ।

मंगलबार समाजले हेलम्बु गाउँपालिकाबाट हेलिकप्टरमा उद्दार गरि काठमाडौं ल्याइएका ३ गर्भवती महिलालाई नगद १०/१० हजार सहयाेग गरेकाे हाे ।

मेलम्ची खोलाको बाढीले सडक भत्काएपछि अस्पताल जान समस्या पर्ने भएपछि आइतबार उनीहरुको उद्धार गरि काठमाडौ ल्याइएकाे थियाे । समाजले मेलम्चीमा रहेका महिलाहरुलाई लक्ष्यित गर्दै १ दिने स्वास्थ शिविर समेत सम्पन्न गरेको छ । जसमा १ सय जना महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको मेडिकल टिम संयोजल जगन्नाथ दुलालले जानकारी दिए । सोही अवसरमा महिलाहरुको लागि आवश्यक पर्ने सेनेटरी प्याड, दैनिक प्रयोगमा आउने म्याक्सी लागायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।

उद्दार कार्यमा संयाेजन गरेका पत्रकार विष्णु खड्कामार्फत साे सहयेाग गर्भवतीहरूलाई हस्तान्तरण गरिएकाे हाे । साउनको पहिलो साता सुत्केरी हुने क्रममा रहेकी अर्चना ढुङ्गेललाई सहयाेग रकम हस्तान्तरण गरिसकिएकाे छ । ढुँगेलले प्रतिकूल बेलामा सहयाेग गरेकाेमा नेपाली नारी समाज पाेर्चुगलप्रती आभार व्यक्त गरेकी छन् । उद्दार गरि ल्याइएका अरू दुई गर्भवती सरिता तामाङ र कान्छीमाया शेर्पालाई बुधबार रकम हस्तान्तरण गर्ने संयोजक खड्काले जानकारी दिए ।

त्यस्तै नेपाली नारी समाज पाेर्चुगलले लामो समयदेखि सामाजिक कार्यमा सहयोग गर्दै आएको छ भने केही समय अगाडि मात्रै कोभिड १९ बाट समस्यामा परेकाहरुको सहयोगार्थ अक्सिजन सिलिन्डर हातेमालो योजना मार्फत नेपालमा करिव ४ लाख ५० हजार सहयोग गरेको थियो । केही महिना अगाडी मात्रै निर्वाचित नयाँ कार्यसमितिले योसगै दोस्रोपटक घरदेशमा भएको पीडामा मलम लगाएको छ । नेपाल पैसा पठाउनको लागि पोर्तुगलमा रहेको इजि ट्राभलले निशुल्क सेवा प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार