पोर्चुगल : के तपाई ३३ बर्ष पुग्नुभयो ? तपाई कोरोना भ्याक्सिनको लागि यसरि आबेदन दिन सक्नुहुन्छ !

लिस्बन।

पोर्चुगल सरकारले ३३ बर्ष वा सो बढी उमेर समुहका नागरिकहरुको लागि कोरोना भ्याक्सिन लगाउन शुरु गरेको छ।

उक्त उमेर समुहका व्यक्तिहरु स्वास्थ्य मन्त्रलायको अफिसियल वेव साइटमा गएर आफ्नो बिवरण भरि आफुलाई पायक पर्ने स्थानमा कोरोना भ्याक्सिन लगाउन सक्नेछन।

एक साता अघि मात्रै स्वास्थ्य महानिर्देशनालयले ३७ बर्ष उमेर समुहका लागि भ्याक्सिन आबेदन खुल्ला गरेको थियो। पछिल्लो समयमा पोर्चुगल सरकारले कोभिड भ्याक्सिन कार्य द्रुत गतिले अगाडी बढाएको छ।

उसका अनुसार १८ बर्ष बढी उमेर समुहकालाई कोभिड भ्याक्सिन ४ जुलाईबाट दिईने भएको छ।

३३ वा सो बढी बर्ष बढी उमेर समुहकाहरुले भ्याक्सिन आबेदन दिन https://covid19.min-saude.pt/pedido-de-agendamento/ मा क्लिक गर्नुहोस् ।

Utente नम्बर / फेमिली डाक्टर वा रेसिडेन्सी कार्ड नभएकाहरुले कोरोनाको भ्याक्सिनका लागि अपोइण्टमेन्ट लिन https://servicos.min-saude.pt/covid19/vacinacao-nao-utente मा क्लिक गर्नुहोला ! तपाईले भ्याक्सिनका लागि अपोइण्टमेन्ट लिन सक्नुभएन भने सहयोगको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार