सविन धिताल, पोर्चुगल। ।
पोर्चुगलमा कोरोनाका संक्रमितहरुको संख्या आकाशिएसंगै सरकारले नयाँ र कडा नियम लागु गरेको छ। पछिल्लो समय बिशेष गरि राजधानी लिस्बन र अन्य क्षेत्रमा डेल्टा भेरियन्ट संक्रमितहरुको संख्या तिब्र रुपमा बढिरहेको छ।
सरकारले कोरोना संक्रमण तिब्र गतिमा बढिरहेका ४५ नगरपालिकाहरुमा कर्फ्यु लगाएको छ।
अघिल्लो सातासम्म सरकारले ३ नगरपालिकाहरु लिस्बन, अल्बुफ़ेइरा र सिसेम्ब्रालाई मात्रै धेरै उच्च जोखिम क्षेत्र भन्दै रातो सुचिमा राख्दै आंशिक लकडाउन शुरु गरेको थियो। कोरोनाको संक्रमण दरको आधारमा हिजो मात्रै सरकारले थप १६ नगरपालिकाहरू Almada, Amadora, Barreiro, Cascais, Constance, Loulé, Loures, Mafra, Mira, Moita, Odivelas, Oeiras, Olhão, Seixal, Sintra र Sobral de Monte Agraço” लाई पनि रातो सुचिमा राखेको छ।
त्यस्तै उच्च जोखिमको सुचिमा २६ नगरपालिकाहरू रहेका छन् , जसमा Alcochete, Alenquer, Arruda dos Vinhos, Avis, Braga, Castelo de Vide, Faro, Grândola, Lagoa, Lagos, Montijo, Odemira, Palmela, Paredes de Coura, Portimão, Porto, Rio Maior, Santarém, São Brás de Alportel, Sardoal, Setúbal, Silves, Sines, Sousel, Torres Vedras र Vila Franca de Xira रहेका छन्।
धेरै उच्च र उच्च जोखिममा रहेका सबै ४५ नगरपालिकाहरुमा सरकारले राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्मका लागि कर्फ्यु लागु गरेको छ, सो समयमा सडकमा आम नागरिकलाई हिडडुल गर्न बन्देज गरिएको छ।
त्यस्तै सप्ताहान्तमा लिस्बन आउन जान लगाईएको बन्देज कायम नै राखिएको छ।
धेरै उच्च जोखिममा परेका १९ नगरपालिकामा के के भए नियम परिवर्तन ?
– सम्भव भएसम्म अनिवार्य रिमोट वर्क।
– सप्ताहान्त र बिदाको दिनमा रेस्टुरेन्ट र क्याफे १५:३० बजेसम्म मात्रै खुल्नेछन् , अन्य दिनमा रातको २२:३० सम्म खुल्न सक्नेछन।
– रेस्टुरेन्ट र क्याफेमा भित्र एउटै टेबलमा बढीमा ४ जना र बाहिर बढीमा ६ जना शेयर गर्न पाउनेछन ।
– ब्यायामशालाहरुमा ग्रुप कक्षाहरु निषेध गरिएको छ।
– बिवाह र ब्याप्तिजममा २५% मात्रै सहभागी हुन पाउनेछन्।
– सप्ताहान्तमा किराना पसल/ खाद्य स्टोरहरु रातको २१:०० बजे र सप्ताहान्त र बिदामा बेलुका १९:०० बजेसम्म मात्रै खोल्न पाउनेछन्।
– अखाद्य स्टोरहरु सप्ताहान्त र बिदामा दिनको ३:३० बजे बन्द गरिसक्नुपर्नेछ, भने अन्य दिनमा बेलुकाको ९ बजेसम्म खुल्न सक्नेछन।
# InUpdate