पोर्चुगलमा कोरोना : सडकमा मद्यपान गर्नेलाई १०० युरो जरिवाना !

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्या निरन्तर बढेसंगै सरकारले विद्यमान कानुनमा हेरफेर गर्दै कडाई गर्दै गएको छ।

कोरोनाको अति उच्च जोखिम र उच्च जोखिम भएका ४५ नगरपालिकाहरुमा पछिल्लो समय सरकारले छुट्टै नियम लागु गरको छ।

सरकारले कोरोना नियन्त्रणका उपायहरुमा ल्याएको पछिल्लो परिवर्तित कानुन अनुसार सडक र खुल्ला सार्वजनिक ठाउमा मद्यपान गर्न बन्देज लगाएको छ।

सडक वा खुल्ला सार्वजनिक स्थानमा मद्यपान गर्नेहरुलाई १०० युरो जरिवाना हुन सक्नेछ।

ओल्ह्याउमा सडकमा मद्यपान गर्ने दुई जनालाई प्रहरीले चेतावनी सहित जनही १०० युरो जरिवाना गरेको खबर एसआईसी टेलिभिजनले प्रशारण गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार