लिस्बन।
पोर्चुगलमा कोरोना संक्रमणको उच्च जोखिम भएका नगरपालिकाहरुमा रेस्टुरेन्ट वा क्याफेमा प्रवेश गर्न “डिजिटल सर्टिफिकेट” वा अनिवार्य परिक्षण रिपोर्ट चाहिने भएको छ।
मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले कोरोनाको उच्च जोखिम भएका नगरपालिकाहरुमा कोरोना नियन्त्रण गर्न सो निर्णय गरेको हो। हाल २७ नगरपालिका कोरोनाको उच्च जोखिम र र ३३ नगरपालिकाहरू अति उच्च जोखिमको सुचिमा परेका छन्।
पछिल्लो समयमा पोर्चुगलमा सबैभन्दा तिब्र संख्यमा राजधानी लिस्बनमा कोरोना संक्रमितहरु वृद्धि भईरहेको छ। सरकारले लिस्बनलाई संक्रमणको अति उच्च जोखिममा सुचिकृत गरेको छ।
त्यस्तै कोरोनाको उच्च र अति उच्च जोखिममा परेका नगरपालिकाहरुमा होटेल र होस्टेल प्रयोग गर्न समेत “डिजिटल सर्टिफिकेट” वा कोरोना नकारात्मक परिक्षण रिपोर्ट अनिवार्य गरिएको छ।
सरकारले कोरोना नियन्त्रणको उपायहरुमा परिवर्तन गरेको यो नयाँ कानुन आज शुक्रवारबाट लागू गरिएको छ।