लिस्बन।
पोर्चुगलको राजधानी लिस्बनको सडकमा एक महिलाले ८११ युरो ७० सेन्ट नगद सहित विभिन्न कार्ड र डकुमेन्ट भएको पर्स फेला पारिन्।
उनले त्यो पर्स सम्बन्धित व्यक्तिसम्म पुगोस् भनेर पिएसपी प्रहरीलाई हस्तान्तरण गरिन्।
प्रहरीले पर्स्क्मा भएका अन्य डकुमेन्टको आधारमा उक्त पर्सको सम्बन्धित व्यक्ति पत्ता लगाएर हस्तान्तरण गरे।
पर्सका मालिकले हराएको पर्स फेला पारेर प्रहरीलाई हस्तान्तरण गर्ने महिलाको इमान्दारिताको तारिफ गरेका छन्।
९ जुलाईमा दिउसो सो घटना भएको प्रहरीले जनाएको छ।