एनआरएनए पोर्चुगल : सदस्यता शुल्कको रकम १६ हजार ८८० युरो हिनामिना ! कसको गोजीमा छ सदस्यता शुल्कको रकम ?

लिस्बन।

गैर आवासिय नेपाली संघ पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने महाधिबेशनका लागि बनेका सदस्यहरुको रकम नै हिनामिना भएको छ।

संघले ४ जुलाईमा नै एक सूचना जारि गर्दै २७३४ जनाले केन्द्रिय सदस्यता प्रणालीमा सदस्य बन्न आबेदन दिएको जनाएको थियो। ति आबेदनहरुमध्ये सबै विवरणहरु रितपुर्बक पेश गरि १९३४ जना रहेको दाबि समेत उसले गरेको थियो। अन्य धेरै विवरणहरु रित नपुर्याई केहि छुटपुट विवरणहरु सहित पेश गरि ८०० जनाको सदस्यता पेण्डिङमा रहेको जानकारी गराएको थियो।

आम श्रमिक नेपालीहरुले संघको सदस्य बन्न रुचि नदेखाएपछि नेतृत्वले ४-४ पटक सम्म म्याद थप गरेको थियो।

संघको केन्द्रिय आइएमएस प्रणालीमा हेर्दा पछिल्लो एक सातादेखि सदस्य संख्या १६८८ मै रोकिएको छ। आइएमएस प्रणाली हेर्ने अधिकार संघका अध्यक्ष तिलक गैरे र महासचिव हेमराज सुबेदीसँग मात्रै भएकोले उनीहरुलाई मात्रै रुजु भएका १६८८ सदस्यहरुको सम्पूर्ण डकुमेन्ट र सदस्यता वाफतको रकम बुझ्ने अधिकार छ।

प्रमाणित भएका १६८८ सदस्यहरुको सदस्यता वाफतको रकम १६ हजार ८८० युरो दुई साता बिदिसक्दा पनि अहिलेसम्म संघको खातामा दाखिला भएको छैन ।सदस्यता वाफतको रकम हिनामिना भएको र आफ्नो व्यक्तिगत व्यवसाय र प्रयोजनमा प्रयोग गरेको भन्दै कार्यसमिति भित्रै चरम असन्तुष्टी छ।

आर्कोतिर कार्यसमितिका पदाधिकारीहरुलाई नै संघमा कति जना सदस्य भन्ने बारेमा जानकारी छैन। आफ्नै कार्यसमिति पदाधिकारीहरुलाई सुचना, जानकारी र तथ्यांक नदिएको भन्दै उनीहरु अध्यक्ष गैरे र महासचिव सुबेदीसंग रुष्ट भएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार