एनआरएनए पोर्चुगल : “सदस्यता शुल्कको पैसा खोई ?” भनेर सोधेपछि भागाभाग, कार्यसमिति बैठक नै रद्ध !

लिस्बन।

गैर आवासीय नेपाली संघ पोर्चुगलको आठौं अधिबेशनको तयारी, निर्वाचन समिति लगायत अन्य महत्त्वपूर्ण बिषयमा छलफल गर्नका लागि संघले शुक्रवार बेलुका ७ बजे संघको कार्यालयमा बैठक बोलायो।

बैठकको सुचना प्राप्त गरेपछि अधिकांस पदाधिकारीहरुले हालसम्म रुजु भएका सदस्य संख्या समेत स्पष्ट नभएको भन्दै आलोचना गरे। उनीहरुले बारम्बार “सदस्य संख्या कति छ र सदस्यता वाफतको रकम कहाँ छ ? ” भन्दै एक पछि अर्कोले नेतृत्वलाई प्रश्न गरे।

“सदस्यता शुल्कको पैसा खोई ?” भनेर सोधेपछि निर्धारित गरिएको संघको बैठक नै रद्द भएको छ। बैठकमा सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन सुचना दिने संघका महासचिव हेमराज सुबेदी आफै बैठकमा उपस्थित भएनन्।

“सदस्यता शुल्कको पैसा खोई ?” भनेर सोधेपछि निर्धारित गरिएको संघको बैठक नै रद्द भएको छ। बैठकमा सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन सुचना दिने संघका महासचिव हेमराज सुबेदी आफै बैठकमा उपस्थित भएनन्।

संघको नेतृत्वमा रहेका अध्यक्ष तिलक गैरे र महासचिव सुबेदीले न संघमा कति सदस्य छन् भनेर आफ्नै कार्यसमितिलाई जवाफ दिए, न सदस्यता वाफ़तको रकम कहाँ छ भन्ने प्रश्नलाई सम्बोधन गरे। यत्ति मात्रै होइन, न उनीहरुले पूर्व प्रकाशित सूचना र निर्धारित समयमा बैठक नै गरे, न बैठक रद्द भएको जानकारी आफ्नो कार्यसमितिलाई नै दिए।

उता संघको नेतृत्व अध्यक्ष गैरे र महासचिव सुबेदीको गैरजिम्मेवारपनबाट आजित भएका कार्यसमिति सदस्यहरुले बिद्रोह गर्ने चेतावनी दिएका छन्।

गैर आवासिय नेपाली संघ पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने महाधिबेशनका लागि बनेका सदस्यहरुको रकम नै हिनामिना गरेको छ ।

संघको केन्द्रिय आइएमएस प्रणालीमा प्रमाणित भएका १६८८ सदस्यहरुको सदस्यता वाफतको रकम १६ हजार ८८० युरो दुई साता बिदिसक्दा पनि संघको खातामा दाखिला भएको छैन ।सदस्यता वाफतको रकम हिनामिना भएको र आफ्नो व्यक्तिगत व्यवसाय र प्रयोजनमा प्रयोग गरेको भन्दै कार्यसमिति भित्रै चरम असन्तुष्टी छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार