लिस्बन।
एनआरएनए पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने आठौ अधिबेशन र निर्वाचनका लागि निर्वाचन समिति गठन भएको छ। संघका भूतपूर्व अध्यक्ष रमेश कुमार गुरुङको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएपछि समितिले पूर्णता पाएको हो।
निर्वाचन समितिको सदस्यहरुमा शिव प्रसाद अधिकारी, तारा गुरुङ, मेघनाथ सुबेदी र मिङ्ग्मार लामा रहेका छन्।
समितिले आफ्नो कार्यभार सम्हाल्दै निर्वाचन नियमावली तथा कार्यतालिका प्रकाशन गरेको छ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी मनोनयन २२ जुलाई २०२१ बिहान ११:०० बजेदेखि २३ जुलाई २०२१ को राति १२:०० बजेसम्म दिन सक्नेछन। संघको बिधान अनुसार पंजीकृत सदस्यहरुले रित पुर्याई उम्मेदवारी दर्ता गर्न सक्नेछन।
एनआरएनए पोर्चुगलको इतिहासमा पहिलोपटक उम्मेदवारी समेत अनलाइन प्रणाली मार्फत हुने भएको छ। निर्वाचनमा उम्मेदवारी दिन चाहने सदस्यहरुले निर्धारित शुल्क सहित समितिले तय गरेको उम्मेदवारी फारम भरेर निर्धारित समयभित्र निर्वाचन समितिको ईमेल ec.nrnaportugal2021@gmail.com पठाएर मात्रै दर्ता गर्न सकिनेछ। उम्मेदवारी दर्ताको इमेलसंगै संघको खातामा उचित उम्मेदवारी शुल्क तिरेको रसिद समेत अनिवार्य संलग्न गर्नुपर्नेछ।
बर्तमान निर्वाचन समितिले एनआरएनए पोर्चुगलको इतिहासमै पहिलोपटक आमनेसामने उम्मेदवारी नबुझ्ने र ईच्छुक उम्मेदवारहरुले अनलाइन मार्फत मात्रै उम्मेदवारी दिन सकिने निर्णय गरेको छ।
#InUpdate